नेपाल रिपब्लिक मिडियाको आइपीओ ९९ प्रतिशत विक्री !

नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरेको आइपीओ ९९ प्रतिशत विक्री भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आज जेठ २ गतेसम्म १२ हजार ४८० नेपालीहरूले ४ लाख ३० हजार ८१० कित्ता आईपीओ खरीद माग गरेका हुन् ।

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्न ल्याएको हो। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

Comments

Back to top