युनिक नेपाल लघुवित्तले जेठ ११ बाट एफपीओ जारी गर्दै
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्याउले उदेश्यले एफपीओ जारी गर्ने भएको छ। लघुवित्तले जेष्ठ ११ गतेबाट रु १०० अंकित दरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता साधारण शेयर सर्वसाधारणमा थप सार्वजनिक निष्काशन गर्ने भएको छ।
युनिक नेपाल लघुवित्तको एफपीओ जेष्ठ १६ गतेसम्म खुल्ला रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन जेष्ठ २५ गतेसम्म लम्बिने छ।
अहिले कम्पनीको कुल चुक्ता पुँजी ११ करोड ६ लाख रुपैयाँ छ। कम्पनीमा अहिले संस्थापक लगानीकर्ताको हिस्सा ९४.०१ प्रतिशत छ भने बाँकी ५.९९ प्रतिशत सेयर सर्वसाधारणको छ।
Comments