नेप्सेमा सामान्य सुधारको क्रम जारी

१८०८को बिन्दुबाट हिजो माथि फरेको बजारमा आज पनि सुधारको क्रम जारी रहेको छ।  साताको तेस्रो कारोबार दिन आज नेप्सेमा ३.२९अङ्कको वृद्धि भएको छ।  १८१७.८७मा ओपेनिङ्ग भएको नेप्सेमा इन्ट्राडे हाइ १८२७.७७ सम्म पुगेको थियो।  बजारमा हाल ६४करोडको मात्र कारोबार रकम देखिएको छ।  लगानीकर्ताले सस्तो मूल्यमा आफ्नो सेयर बेच्न नचाहदा अब खरिदकर्ताले सोहि सेयरलाई हाइयर रेञ्जमा पैसा तिर्न थालेपछि समग्रह बजार बड्न थाल्ने छ।  
इलिओट वेभको दृष्टिकोणबाट बजारलाई हेर्दा बजारले वेभ वानको १००%बाट वेभ फाइभको गति रोकिएको देखिन्छ।  हाल बजारको सपोर्ट १८०८को बिन्दुमा देखिन्छ भने बजारलाई तत्कालको प्रतिरोध १८५२को बिन्दुमा देखिन्छ।  

Comments

Back to top