नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ६४ करोड १ लाख!
आज मंगलबार ३.२९ अङ्कले बढेर ०.१८% वृद्धिका साथ नेप्से परिसूचक १८२१.६० अङ्कमा बन्द भएको छ। कारोबार भएका २६९ कम्पनीमध्ये १३६ कम्पनी उकालो लागेका छन्, ६३ कम्पनी ओरालो लागेका छन् भने १७ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा माइखोला हाईड्रोपावर रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एन आइ सी एशिया बैंक र भोल्यूममा हिमालयन बैंकको कारोबार भएको छ।
Comments