वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि घोराही सिमेन्ट उद्योगको आइपीओ आजदेखि बन्द हुने, स्थानीयवासीका लागि म्याद थपियो

घोराही सिमेन्ट उद्योग लिमिटेडले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई आइपीओ निष्कासन गर्ने समय यही जेठ २ गतेदेखि बन्द गर्दै आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासनको म्याद जेठ १७ गतेसम्म थप गरेको छ । 
यो आइपीओका लागि  २०८० साल वैशाख १९ गते देखि आवेदन खोलिएको थियो । सीडीएससीका अनुसार हालसम्म ५ लाख ९५ हजार ५२० इकाईका लागि विदेशमा कार्यरत नेपाली नागरिक मार्फत १३ हजार २ सय ३६ आवेदन परेको छ । कूल ७ लाख ५४ हजार ६ सय ६१ कित्ता शेयर विदेशमा कार्यरत नेपाली नागरिकका लागि छुट्याइएको हो जसको निश्कासन आज बन्द हुँदैछ ।
विदेशमा रहेका श्रमिकले घोराही सिमेन्टको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

 

Comments

Back to top