साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (STC) को २,५३,५३१.१९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीले चैत १० गते ५६औँ वार्षिक साधारणसभा बोलाएर आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो। पुस २८, २०७९ मा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर रकम सहित) दिने प्रस्ताव गरेको थियो । कम्पनीको चुक्ता पुँजी रू. २५.३५ करोड रहेको छ जसबाट बोनस शेयर रू. २.५३ करोड र नगद लाभांशको मूल्य रु. १.२६ करोड हुन आउदछ । सोही बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएको छ ।
 

Comments

Back to top