माई खोला हाइड्रोपावरको सेयर आजबाट कारोबारमा आउने

हिजो सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको माई खोला हाइड्रोपावरको आईपीओ आज मंगलवारबाट कारोबारमा आउने भएको छ।  नेप्सेमा माई खोलाको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत भएको हो।  
नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। 

Comments

Back to top