डिमाण्ड जोनमा नेप्से
१८२१.८१मा ओपनिङ्ग भएको नेस्पेले इन्ट्राडे हाइ १८२६.६५ मा आएको सप्लाईलाई थेग्न नसक्दा बजारले इन्ट्रा डे लो १८०७.५३ सम्म पुगेको छ। बजार १८०७को बिन्दुमा पुग्दा फेरी खरिद चाप आएर बजारले १८१८.३१ मा क्लोजिंग दिएको छ। समग्रहमा बजार डिमाण्ड जोनमा हुदा पनि लगानीकर्ता अन्योलमा रहेको देखिन्छ। डिमाण्ड जोनमा पनि लगानीकर्तामा कन्फीडेन्स नहुनुले बजारमा नँया लो बन्न सक्ने सम्भावना बढेको देखिन्छ।
बजारले अझ तलकै यात्रा तय गरे बजारलाई पहिलो सपोर्ट १७७५मा देखिन्छ भने बजारले माथिको यात्राका लागि सुरुमा १९७०को बिन्दु तोड्नु पर्ने देखिन्छ।
Comments