नेप्सेमा गिरावट कायमै, कारोबार रकम ७२ करोड ४९ लाख!

आज सोमबार ३.३४ अङ्कले घटेर ०.१८% गिरावटका साथ नेप्से परिसूचक १८१८.३१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६६ कम्पनीमध्ये ९६ कम्पनी उकालो लागेका छन्, १०४ कम्पनी ओरालो लागेका छन् भने १९ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका  ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा एन आइ बि एल ग्रोथ फण्ड रहेको छ जसको ९.८८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ जसको सेयर मूल्य ६.४५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एन आइ सी एशिया बैंक र भोल्यूममा प्रभु बैंकको  कारोबार भएको छ। 

Comments

Back to top