कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ।  

साधारणसभाले आर्थिक वर्ष २०७८\०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

 

Comments

Back to top