टाट पल्टिने दिशामा भारतीय एयरलाइन्स ‘गो फस्ट’

गो फस्ट वाडिया समूहको बजेट एयरलाइन्स हो। नगद अभावका कारण यसका उडानहरु रद्द भएका हुन् । सन् २०२१ सम्म ‘गो एयर’ को नामबाट सञ्चालन हुन्थ्यो ।

नगद संकटमा परेको ‘गो फस्ट’ एयरलाइन्सले बिहीबार मे ९ सम्म आफ्ना सबै उडान स्थगित गर्ने घोषणा गरेको छ । एयरलाइन्सले मे १५ उडान टिकट बुकिङ बन्द गरेको छ । यसअघि सोमबार ‘गो फस्ट’ ले मे ३, ४ र ५ का लागि उडान रद्द गर्ने घोषणा गरेको थियो जसका कारण यात्रुहरु समेत चिन्तित भएका छन् ।

बिजनेस स्ट्यान्डर्डको रिपोर्ट अनुसार मार्च २०२० सम्म पीडब्ल्यूले समयमै स्पेयर इन्जिनहरू उपलब्ध गराएको थियो, निःशुल्क मर्मत पनि गरेको थियो र क्षतिपूर्ति पनि तिरेको थियो। तर, त्यसपछि भने एयरलाइन्सले केही पाएन । सेरियमको तथ्यांकअनुसार गत वर्षको मार्चमा एयरलाइन्सले एक सातामा दुई हजार ८४ उडान गरेको थियो । विमानहरू ग्राउन्डेड भएसँगै यो वर्ष मार्चसम्ममा यो संख्या १ हजार ६४२ पुगेको छ ।

इन्जिन आपूर्तिकर्ता पीडब्ल्यूले भने ‘गो फस्ट’ले समयमा भुक्तानी नदिएको लामो इतिहास रहेको बताएको छ । यो मामलामा अदालतमा पुगिसकेकाले पीडब्ल्यूले कुनै टिप्पणी गर्न नचाहेको बताएको छ ।

Comments

Back to top