बलेफी हाइड्रोपावर लिमिटेडले सार्वजनिक गर्यो चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण !
बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आ.व २०७९/८०मा कम्पनीले तेस्रो त्रैमाससम्म २३ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ लाख ६ हजार रुपैयाँमात्रै घाटा व्यहोरेको थियो। समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ जुन अघिल्लो आ.वको सोहि अवधिमा शुन्य थियो।
नेपाल विद्युत प्राधिकरणले विद्युतको व्यावसायिक उत्पादनमा ढिलाइ गरेको भन्दै यो कम्पनीलाई १३ करोड ४२ लाख ७५ हजार ८४ रुपैयाँ जरिवाना गरेका कारणले कम्पनी घाटामा गएको हो।
हाल कम्पनीको वार्षिककृत प्रतिसेयर आम्दानी १२.९८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८१.९३ रुपैयाँ रहेको छ।
Comments