अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आजबाट आइपिओ भर्न पाइने !

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आजबाट साधारण सेयर जारी गरेको छ। 
यस हाइड्रोपावर कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत सेयर जारी गरेको हो ।

१०० रुपैयाँ अंकित दरका सेयरमा प्रभावितले कम्तीमा १० कित्ता र बढीमा एक लाख र रोजगारीमा गएकाले बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्छन्। 

Comments

Back to top