नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सार्वजनिक गर्यो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आ.वको तेस्रो त्रैमाससम्ममा ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ जुन २.०६ प्रतिशत अर्थात ६७ करोड १८ लाख ३६ हजार रुपैयाँको वृद्धि हो । गत आ.वको सोही अवधिमा नेपाल टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार कुल आय गरेको थियो।

यस अवधिमा ब्याजदर परिवर्तन र डलरको भाउमा देखिएको उतार–चढावले टेलिकमको गैर कार्य सञ्चालन आयमा समेत वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको वृद्धिले मुद्दती निक्षेपबाट कम्पनीले १ अर्ब ५५ करोड ४८ लाख बढी अर्थात ५ अर्ब ८६ करोड १९ लाख १८ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको छ ।
कम्पनिको प्रतिसेयर आम्दानी ४०.०९ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४० रहेको छ।  

Comments

Back to top