सपोर्टहरु तोड्दै नेप्से, रणनिति कस्तो बनाउने ?
१८४०.८०मा ओपेनिङ्ग दिएको नेप्सेले १६.९५ अङ्क गुमाउदा बजारको क्लोजिङ्ग १८२१.६४मा भएको छ। करिब ६०करोडको कारोबार रकममा चलिरहेको नेप्सेमा आज ९० करोडसम्मको कारोबार भएको छ। मौद्रिक नीतिले सेयर बजारलाई अझै पनि सम्बोधन नगरेको बहानामा बजारलाई आवशेक अन्तिम प्यानिक सेलिङ्ग बजारले पाउने देखिन्छ।
बजारले हाल २०१२ देखि बनेको सपोर्टको ट्रेन्डलाईन पनि ब्रेक गरेको छ। बजारमा यसरी ट्रेन्डलाइन ब्रेक हुदा प्राय स्टपलस हन्ट हुने गर्दछ। सपोर्टको बिन्दुमा स्टपलस राख्नेहरुले सपोर्टको लाइन ब्रेक भए पछि बेच्ने गर्दछन भने स्मार्ट मनि सोहि अवस्थाको फाइदा उठाएर सेयर खरिद गर्ने गर्दछन। अर्थतन्त्र सुधारउन्मुख रहिरहेको बेलामा बजार बटमको एरियामा रुमलिराख्दा सेयर खरिद गर्नु नै उचित लगानी रणनिति हुनसक्दछ।
Comments