नेप्सेमा गिरावट कायमै, कारोबार रकम ९० करोड ५ लाख!
आज आइतबार १६.९६ अङ्कले घटेर ०.९२% गिरावटका साथ नेप्से परिसूचक १८२१.६४ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६३ कम्पनीमध्ये ४० कम्पनी उकालो लागेका छन्, १६९ कम्पनी ओरालो लागेका छन् भने
९ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा राष्ट्र उत्थान लघुवित्त रहेको छ जसको सेयर मूल्य ६.३७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट र भोल्यूममा प्रभु बैंकको प्रोमोटर सेयरको कारोबार भएको छ।
Comments