नेप्से इन्ट्राडे अपडेट: गिरावट कायमै!
आज आइतबार नेप्से बजार १६.८४ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८२१ को नजिक आएको छ। १६.८४ अङ्कले घटेर नेप्से परिसूचक १८२१.७६ मा आएको हो। आज २ घण्टामा लगभग ४० करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको ८.२१% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा राष्ट्र उत्थान लघुवित्त रहेको छ।
Comments