ट्विटरको नयाँ सीईओ मस्कले लिन्डा याकारिनोलाई बनाए
अमेरिकी अर्बपति व्यापारी एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटर (Twitter) किनेको ६ महीना पछि बल्ल कम्पनीका लागि नयाँ कार्यकारी अधिकारी छानेका छन् ।
उनले एनबीसीयुनिभर्सलको विज्ञापन विभागकी पूर्व प्रमुख लिन्डा याकारिनोलाई सीईओ बनाएका छन् । लिन्डाले उक्त कम्पनीमा सीमापार व्यवसाय हेर्थिन । याकारिनोले ६ हप्तामा कम्पनीको नेतृत्व सम्हाल्ने मस्कले बताएका छन्।
मस्क भने कम्पनीका कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारीका रुपमा रहिरहनेछन् । लिन्डाको आगमनले कम्पनीमा व्यापक परिवर्तन आउने आशा मस्कले गरेका छन् । अघिल्लो दिन मस्कले कम्पनीका लागि नयाँ सीईओ भेट्टाएको भनेर ट्विट गरेपछि पहिचान भने गोप्य राखेका थिए ।
मस्कले गएको वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । कम्पनीको बागडोर सम्हाल्ने योग्य व्यक्ति खोजेर आफ्नो समय र ध्यान विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला (Tesla) लगायत अन्य व्यवसायमा लगाउन उनीमाथि निकै दबाब थियो ।
फोच्र्यून ५०० (Fortune 500) मा परेका कम्पनीहरुमध्ये १० प्रतिशतलाई पनि महिलाले चलाउँछन् । याकारिनो प्रमुख प्रविधि कम्पनी चलाउने त्यही सीमित महिलाहरुको सूचिमा मिसिएकी छिन् । उनले यस अघि अमेरिकाका केही ठूला सञ्चार कम्पनीहरु चलाइसकेकी छिन् ।
अहिले मस्कलाई ट्विटर चलाउन याकारिनो जस्तै व्यक्तिको खाँचो रहेको विश्लेषकहरुले बताइरहेकी छिन् । उनको मोलमलाई शैलीकै कारण याकारिनोलाई भेल्भेट ह्यामर नामक दिइएको छ । यद्यपि, कम्पनी चलाउनलाई उनलाई सजिलो भने हुने छैन ।
उनीसामु ट्विटरलाई मुनाफापट्टी फर्काउन, गलत सूचना अनि घृणा फैलाउने अभिव्यक्तिहरु फैलिनबाट रोक्ने जस्तो अनेकौं चुनौती छ । मस्कले ट्विटरका लागि नयाँ सीईओ खोजेको खबरले टेस्लाको शेयर बढेको छ ।
एजेन्सी
Comments