नेशनल लघुवित्तको नाफा ३९.६५ प्रतिशतले घटेर रु. २०.३२ करोड, ईपीएस र नेट वर्थ कति ?
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासको खुद नाफा ३९.६५ प्रतिशतले घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको यो त्रैमासमा कम्पनीले रू. २०.३२ करोडको खुद नाफाको आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही त्रैमासमा खुद नाफा ३३.६८ करोड रुपैयाँ थियो ।
कम्पनीको खुद ब्याज आम्दानी (मूल राजस्व) पनि आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा २७.८९ प्रतिशतले घटेर रु. ४५.१९ करोडमा सिमित भएको छ।
तेस्रो त्रैमासिकमा निष्क्रिय कर्जा (एनपीएल) ३.१२ प्रतिशतले बढेर ५.४३ प्रतिशत पुगेको छ । खुद नाफामा कमी आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) रु.४६.२० भएको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३.१७ प्रतिशतले बढेर रु. २६०.४८ भएको छ।
Comments