सानिमा मिडल तमोरले सार्वजनिक गर्यो तेस्रो त्रैमासिक प्रतिवेदन

सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड (तमोर)ले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार समिक्षा अवधिमा कपानी ५.९७करोड खुद घाटामा रहेको छ। अघिल्लो आ.वको सोहि अवधिमा (२०७८/०७९ को तेस्रो त्रैमास)मा जलविद्युत कम्पनीको खुद घाटा रू. १.७९ करोड मात्र रहेको थियो।  कम्पनीको प्रशासनिक र अन्य खर्च बढेर रु. ४.१९ करोड रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३३.२९ प्रतिशतले बढी हो ।

जलविद्युत कम्पनीको चुक्ता पुँजी रु. ३.३३ अर्बा र रु. अन्य सञ्चितिमा ५.६५ लाख रहेको छ।  यसैबीच, कम्पनीले प्रतिशेयर आम्दानी (इपिएस) रु. - २.३९ प्रति  रहेको छ भने प्रति शेयर नेटवर्थ रु. ९७.०३ मात्र रहेको छ।

Comments

Back to top