सानिमा जीआइसी इन्स्योरेन्सले प्रकाशित गर्यो तेस्रो त्रैमासको विवरण

तेस्रो त्रैमासको विवरण अनुसार समिक्षा अवधिसम्म बीमा कोषमा ३९ करोड रुपैयाँ सञ्चित छ भने गत वर्ष सोहि अवधिमा उक्त कोषमा १४ करोड ५२ लाख रुपैयाँ थियो। चालु आवको चैतसम्म कम्पनीको नाफा दोब्बरले वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष सोहि अवधिमा कम्पनीले १० करोड ५० लाख नाफा कमाएको थियो।

कम्पनीको अघिल्लो आ.वको तुलनामा यस वर्ष बीमाशुल्क आर्जन दोब्बर (४७ करोड ६८ लाख) रुपैयाँ छ। गत वर्ष २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन थियो। यस आवको तेस्रो त्रैमाससम्म खुद दाबी भुक्तानी १८ करोड रुपैयाँ रहेको छ भने गत वर्ष कम्पनीले ६ करोड रुपैयाँको मात्र दाबी भुक्तानी गरेको थियो। अझै कम्पनीले कुल एक अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.७२ डलर कायम छ।

Comments

Back to top