शिवम् सिमेन्टले प्रकाशित गर्यो चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण !

शिवम् सिमेन्ट लिमीटेडले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा घटेर ३१ करोड ९९ लाखमा सीमित बन्न पुगेको हो।   अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खूद नाफा ६५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शिवम सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ४५ करोडमा सीमित बन्न पुगेको छ, जब कि यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको यही अवधिमा ७ अर्ब २५ करोड रुपैयाँभन्दा माथि थियो । शिवम् सिमेन्टको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर  ९.६९ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २०६.६४ रुपैयाँ कायम भएको छ ।
शिवम् सिमेन्टको सञ्चालन आम्दानी घट्नुमा लोडसेडिंग र सरकारबाट हुन नसकेको पुँजीगत खर्च जनाएको छ। 

Comments

Back to top