लाल्टिन साप्ताहिक समिक्षा: ब्रोकर नं ५८को करिब साढे दुइ अर्ब लगानी शिवम् तिर यहि सातामा
निरन्तर घट्दो ट्रेन्डमा रहेको नेप्से यस साता पनि घटेर बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८७०.४१ को बिन्दुमा खुलेको नेप्सेले ३१.१४ (१.६७ प्रतिशत) गुमाउदा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १८३८.५९को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।
नेप्से उप-समुह (Sub-Index)
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साताको टप खरिद भएका कम्पनी (Top Bought)
यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)
प्राविधिक विश्लेषण
यस साताको क्लोजिंग पनि मिडल ब्याण्ड भन्दा तल लोवर ब्याण्डको नजिक रहेको छ। एमएसिडि लाईन यस साता -४१.७६ बाट घटेर -४६.४१ मा आएको छ र हिस्टोग्राम यो साता घटेर -१३.०३ बाट -१४.१४ मा पुगेको छ जसले बजारमा बिक्रि चाप बढेको देखिन्छ। जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -३२.२७मा आएको छ। +१४ डिएमआई लाईन अहिले १८.७८ मा रहेको छ भने -१४ डिएमआई लाईन २५.१५ मा रहेको छ। ए.डी.एक्स १४.०८ मा रेहको छ जसले अहिले सम्मको बियरिश स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ४०.५० बाट घटेर ३८.४४ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।
बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८००-१७७५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २०००-२०१०मा रहने छ। एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ।
Comments