आरजु चामल बजारमा सार्वजनिक
आरजु राइसमिलको चामल बिहीवारदेखि बजारमा आएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो। मिलका सञ्चालक बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए ।
किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउनको लागि राइस मिलले काम गरेको उनले बताए । राइस मिलमा निफन्नेदेखि,सुकाई र भण्डारसम्म रहेको उनको भनाइ छ ।
मिलले दुई सिजनमा १० करोड रुपैयाँसम्म किसानलाई भुक्तानी गरेको बताए । अहिले ४ हजार विघाका किसानहरु आवद्ध भएको र अझ बढ्ने क्रम रहेको उनको भनाइ छ ।
मिलले नेपाली किसान भन्दा अन्य किसानको धान खरिद नगर्ने बस्नेतले बताए । अबको खेतीकिसानी निर्वाहमुखी नभएर व्यवसायिकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने उनले बताए । नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याएको बस्नेतले बताए ।
आरजु लङग्रेन चामल काठमाडौं लगायतका बजारमा प्रतिकेजी १३० रुपैयाँ पर्ने उनले जानकारी दिए ।
Comments