साना किसान विकास लघुवित्तको नाफामा वृद्धि

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चुक्तापुँजी १ अर्ब ९७ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १८ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ३१ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले १६ अर्ब ३० करोड रुपैयाँ सापटी लिई २९ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म संस्थाको रिजर्भको आकार ३३.११ प्रतिशतले बढेर १ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३९.७५ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस ४२.८१ रुपैयाँ थियो। पीई रेसियो २०.६९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३८.७७ रुपैयाँ रहेको छ।

Comments

Back to top