अन्तिम १ घण्टामै अधिकतम कारोबार !
१८३०को एरियामा बेस बनाउन खोजेको नेप्सेमा आजको कारोबार समयको अन्तिम एक घण्टामा लगानीकर्ताहरु बुलिश मुडमा भएको देखिएको छ।
जम्मा ५७ करोड ८८ लाख कारोबार रकम भएकोमा २७ करोड ४८ लाखको कारोबार अन्तिमको एक घण्टा मै भएको हो। अन्तिम एक घण्टामा देखिएको यस्तो आकर्षणले भोलि आउने मौद्रिक नीतिको समिक्षा सकारात्मक हुन सक्ने सम्भावना देखाउछ।
घट्दो क्रममा रहेको बजारमा यस्तो न्यून कारोबार रकमले बजारमा रिभर्सल आउन सक्ने संकेत दिन्छ। यद्यपि राजनीतिक अन्योलताले गर्दा बजारमा कुनै पनि बेला एउटा प्यानिक सेलिङ्ग आउन सक्ने सम्भावना नकार्न सकिन्न। तसर्थ लगानीकर्ताले आफ्नो पुंजीको सानो सानो भाग परिचालन गर्दै एयाकुमुलेसन गर्नु नै उचित देखिन्छ।
Comments