नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ५७ करोड ८८ लाख!

आज बिहीबार ३.३४ अङ्कले घटेर ०.१८% गिरावटका साथ नेप्से परिसूचक १८३८.५९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये ६४ कम्पनी उकालो लागेका छन्, १३८  कम्पनी ओरालो लागेका छन् भने  १५ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका  १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।


प्रमुख कारोबार


आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त  रहेको छ जसको ६.१०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा फर्वार्ड लघुवित्त रहेको छ जसको सेयर मूल्य ५.९९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेपाल दूरसंचार र भोल्यूममा ग्लोबल आइ एम इ बैंकको  कारोबार भएको छ।

Comments

Back to top