सिटी होटल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन !

सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि गरेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निश्कासन आज वैशाख २८ गतेदेखि बन्द गर्नेछ  ।

सर्वसाधारणका लागि कम्पनीले गत वैशाख २५ गतेबाट आवेदन खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

सीडीएसको अनुसार ६५७४६१ आवेदकहरूले मे१० को बिहान १० बजेसम्म कुल ७४,१३,४१० एकाइका लागि आवेदन दिएका छन्। यसरी अहिलेसम्म यस आइपिओ ५ दशमलव ४६ गुणा ओभरसब्सक्राइब भइसकेको छ ।

Comments

Back to top