प्रभु बैंकको १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु बैंकले १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १५ जना संस्थापक सेयरधनीहरुले आफ्नो नामको सेयर बेच्न निवेदन दिएपछि प्रक्रिया अघि बढाएको हो। बैंकले बुधबारदेखि कुल १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीको प्रथामिकता संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्छ। त्यसैले सेयर खरिदमा इच्छुक विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।
यसैगरी प्रभु बैंकले यसअघि नबिकेको संस्थापक सेयरलाई पुन: बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँचजना विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि पनि हुने गरी बिक्रीमा राखेको हो।
बैंकले ती संस्थापकहरुको नाममा भएको कुल ४ लाख ९२ हजार ३८७ कित्ता संस्थापक सेयर बिक्रीमा छ।
Comments