जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा संशोधन

नेपाल राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्त संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। 
कात्तिक १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश थिए।  
संस्थाको सञ्चालक समितिको बैठकले अब उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २ करोड २८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १२ लाख रुपैयाँबराबरको नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको छ।

Comments

Back to top