नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ५८ करोड ९१ लाख!

आज बुधबार २.४३ अङ्कले घटेर ०.१३% गिरावटका साथ नेप्से परिसूचक १८४१.९३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६५ कम्पनीमध्ये ८८ कम्पनी उकालो लागेका छन्, ११३ कम्पनी ओरालो लागेका छन् भने  १५ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा हिमाल दोलखा हाईड्रोपावर रहेको छ जसको ८.२४% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा युनिक  एनसीसी डिबेन्चर रहेको छ जसको सेयर मूल्य ७.२४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा हिमाल दोलखा हाईड्रोपावरको कारोबार भएको छ।

Comments

Back to top