नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज बुधबार नेप्से बजार ७.४९ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८३६ को नजिक आएको छ। ७.६४ अङ्कले घटेर नेप्से परिसूचक १८३६.७२मा आएको हो। आज २ घण्टामा लगभग २२ करोड ७७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमाल दोलखा रहेको  छ  जसको ६.१५२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा जल्पा समुदायिक लघुवित्त रहेको छ। 

Comments

Back to top