‘हुलास स्टील एप’ मोबाइलमा, युरोप भ्रमण उपहारमा

 हुलास आल्मुनियमले सोमवार फेब्रिकेटरबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट गरेको छ । 

चितवनमा सम्पन्न भएको कार्यक्रममा फेब्रिकेटरहरूलाई हुलास स्टीलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टील एप’को बारेमा जानकारी दिएको छ ।

कम्पनीले फेब्रिकेटरलाई लक्षित गर्दै आफ्नो एपमार्फत ‘हुलास स्टील एप मोबाइलमा, युरोप भ्रमण उपहारमा’ नाराका साथ यो एप ल्याइएको जानकारी दिएको छ ।

फेब्रिकेटरका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य उपहार रहेको बताइएको छ। 

कम्पनीका अनुसार अफरमा जोडिन ग्राहकले मोबाइलमा ‘हुलास स्टील एप’ डाउनलोड गरी आफूले सामान खरीद गरी प्राप्त भएको बिल लोड गरेर खरीद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । प्वाइन्टको संख्या भारका आधारमा उपहार प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

Comments

Back to top