बरुण हाइड्रोपावरले सार्वजनिक गर्यो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण !
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३३.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ४.४० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ११.८३ रुपैयाँ थियो। पीई रेसियो ५९.३६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.८२ रुपैयाँ रहेको छ।
Comments