जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गर्यो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ४६.११ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६१ करोड ९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५२.८५ प्रतिशतले घटेर ३७.१४ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ७८.७७ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात ४०.५३ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६१.४५ रुपैयाँ रहेको छ।
Comments