आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सको सेयर कारोबार रोक्का
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २७ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।
मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीले ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट भोलि वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दैछन्।
दुवै कम्पनीको गत चैत २२ गते बसेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।
Comments