हाइड्रोको पहिरो रोकिएकै हो त ?
गएका दुइ कारोबार दिनमा हाइड्रोपावर सब-इन्डेक्सले २२५०को बिन्दुमा सपोर्ट लिएको छ। आजकै दिनमा पनि सर्वाधिक बड्ने टप १० कम्पनीहरुमा ६वटा हाइड्रोपावर कम्पनीका स्टक परेका छन।
हाल चलिरहेको बियरिश नेप्से लोवर लो बनाउने क्रममा रहे पनि हाइड्रो इन्डेक्स सोहि अनुसार झरेको छैन। २२५०-२२८०को एरियामा हाइड्रो इन्डेक्समा हिडन डिमाण्ड रहेको देखिएपनि नँया लगानी गर्नका लागि भने सुरक्षित देखिदैन। हाइड्रो इन्डेक्समा रिस्क टु रिवार्ड तुलाना गर्दा रिस्ककै तौल बढी देखिएकाले इन्डेक्स १९५०को एरिया पुगेपछि या २५७५को बिन्दुलाई ब्रेक आउट दिए पछि मात्र लगानी गर्नु सुरक्षित देखिन्छ।
Comments