हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरका लागि आज बुकक्लोज हुने

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (HDHPC) को हकप्रद शेयरका लागि योग्य हुने आज बैशाख २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बैशाख २७ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ।
कम्पनीले हालको पुँजी १,६०,००,००,०००  को प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १,२०,००,००० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हिमाल दोलखा हाइड्रोपावरले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटस् लिमिटेडलाई नियुक्त गरेको छ।

Comments

Back to top