सम्भवत लगानीकर्ताको अन्तिम परिक्षा, बटम कहाँ ?

१८५०.७३मा ओपेनिङ्ग दिएको बजारले १६.९२ अङ्क गुमाउदा सूचक १८३३.६९मा पुगी बन्द भएको छ।  बजार डिमाण्ड जोनको आसपास आइपुगेकाले कारोबार समयको अन्तिम घण्टामा राम्रो खरिद चाप देखिदा इन्ट्राडे लो १८२५.६१ बनाएता पनि बजारले करिब आठ अङ्क माथि क्लोजिङ्ग दिन सफल भएको हो।  

हाल चलिरहेको वेभ हेर्दा इलिओटको इम्पल्सिभ वेभ रहेको स्पस्ट देखिन्छ जसमा २२७५ देखि २०८० सम्म वेभ वन त्यस पछि वेभ वनको ६१.८ प्रतिशत करेक्सन २२०५ सम्म वेभ टु, वेभ वनको करिब २०० प्रतिशत एक्स्टेन्सन २२०५ देखि १८३५ सम्म वेभ थ्री र वेभ थ्रीको ३८.२ प्रतिशत करेक्सन १८३५ देखि १९८५ सम्म वेभ फोर बनिसकेको छ।  अहिले बजारमा वेभ फाइभको श्रीखाला चलिरहेको छ।  सामान्य अवस्थामा वेभ वनको १०० प्रतिशत मात्र वेभ फाइभको लम्बाई हुने गर्दछ।  तसर्थ बजारले  १८१९मा बटम बनाउन सक्ने सम्भावना देखिन्छ। वेभ फाइभले एक्स्टेन्सन गरे बजार फिबोन्याचीको १.३८२(सूचक १७५९) अथवा १.६१८(सूचक १७२३) सम्म जना सक्ने देखिन्छ।  १८०० बिन्दु मनोवैज्ञानिक रुपमा पनि पनि बलियो सपोर्ट भएकाले बजारमा वेभ फाइभले एक्स्टेन्सन नगरी बजार १८१९बाटै फर्किन सक्ने प्रवल सम्भावना देखिन्छ।  

Comments

Back to top