तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ
तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC)ले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा खुद नोक्सान गरेको छ। कम्पनीले यस त्रैमाससम्म रु२.७८ करोड नोक्सान गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनि ५.१२ लाख मात्र नोक्सनमा रहेको थियो।
तेह्रथुम पावर कम्पनी लिमिटेडले कुल राजस्व रु.९.६ करोड संकलन गरेको छ जुन ८.९३% ले घटेको हो । कम्पनिको प्रशासनिक खर्च ११.६९ प्रतिशतले घटेको छ भने वित्तीय खर्च २९.८४ प्रतिशतले बढेको छ। यस कम्पनीको प्रतिशेयर वार्षिक आम्दानी रु. -९.२७ रहेको छ भने प्रति शेयर नेटवर्थ रु. ६८.५० रहेको छ।
Comments