आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत !
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड (ADLB) को ४१ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले फागुन ३० गते आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएर २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो। माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को लागि चुक्ता पुँजीको ४३.५७ लाख बराबरको २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको थियो । रु. ४१.४० लाख बराबरको २० प्रतिशत बोनस शेयर र २.१७ लाख बराबरको १.०५ % नगद लाभांश (कर उद्देश्यहरू) प्रस्ताव गरिएको थियो।
सोही बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएको छ ।
Comments