अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रकाशित गर्यो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण !
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड (AJOD)को आर्थिक वर्ष २०७९/८०को तेस्रो त्रैमाससम्म खुद नाफा ११.२६ प्रतिशतले बढेको छ । कम्पनीको खुद नाफा बढेर रू.१०.४७ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु९.४१ करोड रहेको थियो।
प्रकाशित तेस्रो त्रैमासिकको प्रतिवेदन अनुसार अजोड इन्स्योरेन्सको चुक्ता पुँजी रु. १ अर्ब छ भने रिजर्भ रु.२०.३८ करोड रहेको छ। यस कम्पनिको प्रतिशेयर वार्षिक आम्दानी (ईपीएस) रु. १३.९६ रहेको छ। साथै प्रति शेयर नेटवर्थ रहेको छ रु.१४४.८१ रहेको छ। यस कम्पनीको मूल्य आम्दानी अनुपात ३०.८० गुणा रहेको छ।
साथै युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (UIC) र अजोड इन्स्योरेन्स लिमिटेड (AIL) बीचको अन्तिम मर्जर सम्झौता सम्पन्न भई पारित पनि भएको छ ।
Comments