कारोबार रकम फेरी न्यून !
२०२२को अक्टोबर २० पछिको सबै भन्दा कम टर्नओभर देखिएको मे ३, २०२३ पश्चात फेरी आज झनै थोरै कारोबार रकम देखिएको छ। १९.१२ अङ्क गुमाएको बजारमा आज ६०करोड ८ लाखको मात्र कारोबार भएको छ। बियरिस बजारको अन्त्य तिर आइपुग्दा बजारमा यसरी एकाएक कारोबार रकम न्यून बिन्दुमा पुग्नुले रिभर्सलको संकेत गर्दछ।
लगानीकर्ताले मौद्रिकनीतिको समिक्षा कुरिरहेको तथा आउदै गरेको बजेट कुरेको जस्ता कारणहरु बजारमा आइराखे पनि बजार निरन्तर आफ्नै गतिमा चल्ने भएकाले आगामी दिनमा छिटै बियरिस ट्रेन्ड सकिएर बजारमा राम्रो बुलिश यार्ली आउनका लागि नै अहिले कारोबार रकम न्यून भएको अनुमान लगाउन सकिन्छ। निरन्तर बजारमा मुचुल फन्डहरु आइराखेकाले पनि फन्ड म्यानेजरहरु निकट भविष्यमा बजार बुलिश हुने पक्ष मै रहेको र आम लगानीकर्ताले पनि सोहि दृष्टिकोण राखेर लगानी गर्नु उचित रहने देखिन्छ।
Comments