घलेम्दी हाइड्रो लिमिटेडले सार्वजनिक गर्यो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण
घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा ११ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको विवरणमा उल्लेख छ। तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २७.६७ प्रतिशतले कम हो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २.८२ रुपैयाँले ऋणात्मक रहेको छ। मूल्य आम्दानी आनुपात ९४.६१ गुणा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ रहेको छ।
Comments