गुरासँ लाइफले बोनस सेयर बापतको कर बुझाउन लगानीकर्तालाई गर्यो आग्रह

गुराँस लाइफ इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७/७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। यस आर्थिक वर्षका लागि कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 
बोनस सेयरका लागि तिर्नुपर्ने रकम बारेमा जानकारी गुराँस लाइफ र सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ।  

Comments

Back to top