आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गर्यो तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म संस्थाले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७३.२४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९३ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.९२ प्रतिशत थियो।

Image

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३६.९८ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो ६४.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४५.७० रुपैयाँ रहेको छ। 

Comments

Back to top