नेसनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान
वैशाख २१ गते बसेको नेसनल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले जेठ २२ गते आफ्नो ३५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ३४ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगद लाभांश छन्।
यसैगरी सभाले कम्पनीले माथि उल्लेखित लाभांशका अतिरिक्त हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशतले हुन आउने ३० करोड १६ लाख २८ हजार ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पनि पारित गर्नेछ।
Comments