नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम ७३ करोड २६ लाख ८९ हजार!
आज बिहीबार १२.७३ अङ्कले बढेर ०.६९% वृद्धिका साथ नेप्से परिसूचक १८६९.७३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७६ कम्पनीमध्ये १६२ कम्पनी उकालो लागेका छन्, ५० कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ जसको ९.८६% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एनएमबि डिबेन्चर रहेको छ जसको सेयर मूल्य ५.८५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा नबिल बैंक प्रोमोटर शेयरको कारोबार भएको छ।
Comments