‘नेप्से-३०’ इन्डेक्स ल्याउँदै नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ। 

नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षमो मूल्यवृद्धि दरभन्दा बढी भएका कम्पनीहरुलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्री–फ्लोट)को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरुको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। 

Comments

Back to top