नेप्सेमा गिरावट कायमै !
१८६६.६८मा ओपेनिङ्ग दिएको बजारले इन्ट्राडे लो १८५२.३५सम्म बनाए पनि क्लोजिङ्ग १८५७.२३मा भएको छ। कारोबार रकम ६२ करोड २ लाख ६६ हजार, २०२२को अक्टोबर २० पछिको सबै भन्दा कम टर्नओभर हो। सोहि दिन बजारमा मात्र ५० करोड को कारोबार भएको थियो र त्यस पश्चात बजारमा २४ प्रतिशतको बुलिश र्याली देखिएको थियो। नेप्सेको २०० दिनको मुभिङ्ग एभरेज कारोबार रकम १ अर्ब ८१ करोड रहेको छ जसका कारण हाल बजारमा देखिएको कारोबार रकम निकै न्यून रहेको भन्न सकिन्छ।
निकै घटिसकेको बजारमा कारोबार न्यून हुनुलाई लगानीकर्ताले सस्तो मूल्यमा आफ्नो सेयर बेच्न नचाहेको भनेर बुझ्न सकिन्छ। बजारमा १८४८ र १८०८मा राम्रो सपोर्ट रहेको देखिन्छ। 'लांगटर्म' लगानीको धारणा बनाउने हो भने बजारमा रिस्क टु रिवार्ड निकै राम्रो रहेको देख्न सकिन्छ।
Comments